कास्की मोडनाइज एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि

काठमाडाैं | फागुन १०, २०७९

कास्की मोडनाइज एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि

पोखरा:  कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । 


कास्की मोडनाइज एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भयो ।

 

हिसान कास्की छनौट प्रतियोगतामा जेसिए सगँ हारको बदला लिदै कास्की मोडनाइज एकेडेमीले उपाधि सगँ नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसीले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । निर्धारीत समयमा २÷२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

 

निधारीत समयमा कास्की मोडनाइजका लागि प्रनिल रायमाझीले दुई गोल गरे । जेसिएका लागि निशान गुरुङ र लोहार पुनले एक÷एक गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडनाइजका चार खेलाडीमा सिमित भयो । विजय गिरीले रातो कार्ड खादै बाहिरीए पछि चार खेलाडीमा सिमित भएको हो । 


मंगलबारको खेलमा फ्युचर ब्राइटर बाग्लुङ सगँ हारेको जेसिएले उजुरी गरेपछि बुधबार फाइन खेल खल्ने पाएको हो । ब्राइटरले फर्जि खेलाडी खेलाएपछि आयोजकले जेसिएलाई फाइनल खेल्लन दिएको थियो ।


फाइनल खेलको म्यान अफ दि म्याच हुदै कास्की मोडनाइज एकेडेमीका गोल किपर रोहन क्षेत्री प्रतियोगिताको उत्कृष्ट गोलकिपर बने । त्यसैगरी एकेडेमी कै प्रनिल रानाभाट प्रतियोगिता अवधिभर १० गोल गर्दै हाइस्कोरको उपाधि जिते । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने जेसिएका विकास परियार बने । फाइनल खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी हुने बताए ।


प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिका प्रसाद आचार्य, आयोजन हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सचिब पुण्य प्रसाद शर्मा, सबिन ममोरियल क्लब पोखराका अध्यक्ष संजय लिगल, प्रतियोगिताका संयोजक सन्तो पराजुली लगाएतले पुरस्कार वितरण गरे । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरु सहभागी थिए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्